जनकपुरमा काँग्रेसका बागी उम्मेदवार अगाडि, धनुषामा काँग्रेसको अग्रता

जनकपुरमा काँग्रेसका बागी उम्मेदवार अगाडि, धनुषामा काँग्रेसको अग्रता

जनकपुर उपमहानगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका बागी उम्मेदवारले सबैलाई पछाडि पारेका छन् । पछिल्लो परिणामअनुसार स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले एक हजार दुई सय ६४ मत ल्याएका छन् ।

त्यसपछि नेकपा एमालेका उम्मेदवार शिवशंकर साह हिराले छ सय ३८ र अर्का स्वतन्त्र उम्मेदवार बलराम महतोले ती सय ८० मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेपाली काँग्रेसकी किशोरी साहले एक हजार तीन सय ६२ मत नेकपा एमालेका उम्मेदवार रुना झाले छ सय ७५ मत ल्याएकी छन् । स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले पाँच सय पाँच मत प्राप्त गर्नु गरेका छन् ।

धनुषाका १८ पालिकामध्ये अधिकांशमा काँग्रेसले अग्रता लिएको छ । एमाले, राप्रपा र लोसपाले एक एक वटामा अग्रता लिएका छन् । जनता समाज समाजवादी पार्टी दुई वटा पालिकामा अगाडि देखिएको छ ।

टिप्पणीहरू