नवलपुरको बौदीकाली एमालेको पोल्टामा

नवलपुरको बौदीकाली एमालेको पोल्टामा

नवलपुरको बौदीकाली गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार प्रकाश ओझाले तीन हजार ९७६ भोट ल्याएर जित दर्ता गरेका हुन् ।

उनले नेपाली काँग्रेसका केवी रानालाई पराजित गरे । निकटतम प्रतिस्पर्धी रानाले तीन हजार ५४१ मत ल्याएका छन् ।

उपाध्यक्षमा एमालेकै डिलकुमारी सारु तीन हजार नौं सय ६२ भोट ल्याएर विजय भएकी छन् । उनकी निकटतम प्रतिस्पर्धी काँग्रेसकी धनकान्ति घिमिरेले तीन हजार पाँच सय ६ मत ल्याएर पाराजित भइन् ।

टिप्पणीहरू