काठमाडौं महानगरपालिकाको मतगणना (अपडेट)

काठमाडौं महानगरपालिकाको मतगणना (अपडेट)

काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । आज बिहान साढे ७ बजेसम्म ४ हजार ७४७ मतगणनापछि प्राप्त परिणाममा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साह अगाडि देखिएका छन् । उनी १७ सय ६ मतका साथ अगाडि देखिएका हुन् ।

त्यसैगरी एमाले उम्मेदवार केशव स्थापित १ हजार ३२ मत, नेपाली काँग्रेसकी सिर्जना सिंह ८६४ र राप्रपाका मदनदास श्रेष्ठले १९९ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपमेयरमा एमालेकी सुनिता डंगोलले १ हजार ८५२, नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५३९ र राप्रपाकी विनिता मगैयाले ४४४ मत प्राप्त गरेका छन् ।

टिप्पणीहरू