धनगढीमा स्वतन्त्र उम्मेदवारको अग्रता

धनगढीमा स्वतन्त्र उम्मेदवारको अग्रता

कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार रहेका गोपाल हमालले अग्रता लिएका छन् । उपमहानगरमा पाँचदलीय गठबन्धनको उम्मेदवारलाई नै पछि पारेर हमालले सुरुवाती चरणमा अग्रता कायम गरेका हुन् ।

चार सय मत गणना गर्दा हमालले एक सय ८० मत ल्याएका छन् । काँग्रेसबाट गठबन्धनपक्षका नृपबहादुर वडले एक सय १८ मत पाएका छन् । यस्तै, नेकपा एमालेका रणबहादुर चन्दको २० भोट मात्र देखिन्छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा पनि हमाल स्वतन्त्र उम्मेदवारबाट उठेका थिए । त्यतिबेला उनी काँग्रेसका उम्मेदवारसँग झिनो मतान्तरले पराजित भएका हुन् ।

टिप्पणीहरू