जसपा नेतालाई मत गणनास्थलबाट निकाल्न माग गर्दै वीरगन्जमा प्रदर्शन

जसपा नेतालाई मत गणनास्थलबाट निकाल्न माग गर्दै वीरगन्जमा प्रदर्शन

वीरगन्जको मत गणनास्थल बाहिर हुलदंगा भएको छ । मतगणनास्थल बाहिर जनता समाजवादी पार्टीका नेता तथा संघीय सांसद प्रदिप यादवविरुध्द अरु पार्टीका नेता (कार्यकर्ताले नारावाजी गरेपछि त्यहाँको अवस्था तनावपूर्ण बनेको हो ।

महानगरपालिका(१४ स्थित नृसिंह माध्यमिक विद्यालयको मत गणनास्थलमा बसेका यादवसहित प्रदेश सांसद जन्नत अन्सारीविरुध्द नारावाजी भएको प्रहरीले जनाएको छ । प्रदर्शनकारीहरुले साइकल चोर, देश छोड, प्रदीप यादव मूर्दावाद, मतदान स्थलबाट प्रदीप यादवलाई निकाल्नु पर्यो जस्ता नारावाजी गरेका थिए ।

प्रहरीका अनुसार अहिले त्यहाँको अवस्था तनावपूर्ण छ । जसपाका नेताविरुद्ध किन नारावाजी भएको हो भन्नेबारे अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू