मत गन्ने ठाउँमा दुई ट्र्याक्टर बाँसको भाँटा किन ?

मत गन्ने ठाउँमा दुई ट्र्याक्टर बाँसको भाँटा किन ?

रौतहटको राजपुरमा प्रहरीले मतगणनास्थल नजिकैबाट दुई ट्याक्टर बाँसको भाँटा फेला पारेको छ । राजपुर नगरपालिका(३ दमारचोकस्थित मतगणना भैरहेको ठाउँ नजिकै परालले छोपेर राखिएको अवस्थामा भाँटा भेटिएको हो ।

दिउँसो साढे दुई बजेतिर गणनास्थलदेखि करिब दुई सय मीटर पर आपको बगैँचामा ना। ३ त ५४४० र ना। १ त ४८४६ नं। को दुई वटा टेक्टरमा करिब दुई सय वटा बाँसका भाटा गाडीसहित परालले छोपेर लुकाई राखेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यता,मौलापुर नगरपालिकामा मतगणनाको विषयमा विवाद भएपछि गठबन्धनका कार्यकर्ताले नगरपालिका कार्यालय घेराउ गरेका छन् । नेकपा माओवादी केन्द्रका नगर संयोजक रामप्रवेश राय यादवको नेतृत्वमा गठबन्धन दलका करिव आठ सय जना कार्यालय घेर्न गएको बताइएको छ ।

रौतहट पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहजिल्ला हो । एमाले नेता प्रभु साहको नेतृत्वमा अस्ति मतदान गर्न पुग्नुभएका नेपालविरुध्द नारावाजी भएको थियो ।

टिप्पणीहरू