गृहमन्त्रीका भाइले अग्रता लिए

गृहमन्त्रीका भाइले अग्रता लिए

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनका साझा उम्मेदवार रामकृष्ण खाँणले अग्रता लिएका छन् । गृहमन्त्री बालकृष्ण खाँणका सहोदर भाइ रामकृष्णले एमाले उम्मेदवारलाई पछि पार्दै अग्रता बनाएका हुन् ।

उनले दुई सय १२ मत ल्याएका छन् । निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार मोहन चापागाइँले एक सय ६६ भोट प्राप्त गरेका छन् ।

यो कूल पाँचसय मत गणनाको परिमाण हो । अहिले तिलोत्तमामा वडा नम्बर १ र १७ को मतगणना भैरहेको छ ।

टिप्पणीहरू