बालेनको लौरोसँगै बदर पनि उत्तिकै

बालेनको लौरोसँगै बदर पनि उत्तिकै

काठमाडौं महानगरपालिकाका १ र ३२ नम्बर वडाको मत गणना भइरहँदा अचम्मका तथ्यहरु फेला परेका छन् । नक्साल क्षेत्र रहेको १ नम्बर वडाको एक सय मत गणना हुँदा मेयरमा बालेन साहलाई १५ मत आउँदा सूर्यलाई ४९, रुखलाई २३ र हलोलाई ९ मत झरेको छ ।

उपमेयरमा कलमको २ मत आउँदा सूर्य ५०, हलो ९ र लौरोमा ७ मत देखिएको छ । उपमेयरको पदमा १७ मत बदर भएको छ ।

उक्त वडाको वडाध्यक्ष, महिला सदस्य, दलित सदस्य र खुल्ला सदस्यहरुमा एमालेका सबैले ५० मतको हाराहारी पाएका छन् । काँग्रेसका २२ देखि २५ मत र हलोका उम्मेदवारले ९ देखि १० मत पाएका हुन् । लौरोको वडाध्यक्षले १० मत पाएका छन् ।

महिला सदस्यमा ८, दलित महिलामा १६ र खुल्ला सदस्यहरुमा दुवै गरेर १४ मत बदर भएको छ ।

काठमाडौंकै ३२ नम्बर वडाको १०३ मत गणना हुँदा सबैभन्दा धेरै बालेनले ५४ मत पाएका छन् । सूर्यले १२, रुखले १७ र हलोले ३ मत पाएका हुन् । यी भोट माधवकुमार नेपालको निवास क्षेत्र रहेको सरस्वती मावि कोटेश्वर (क) को मतपेटिकामा पाइएको हो ।

यहाँ पनि उपमेयरमा सूर्यले ४२, कलमले २२, हलोले ८ मत पाएको छ । उपमेयरको बदर मत संख्या १४ र मेयरको बदर मत संख्या १० रहेको छ ।

वडाध्यक्षमा कलम चिन्हले ३५, सूर्यले ३३ र हलोले ८ मत पाएको छ । महिला सदस्य, दलित महिला र सदस्यहरुमा एमालेले अग्रता लिएको छ । दलित महिलामा २१ मत बदर भएको छ भने वडाध्यक्षमा १२ र अन्य सदस्यहरुमा क्रमशः १३ र ११ मत बदर भएको छ । महिला सदस्यमा ७ मत बदर भएको हो ।

टिप्पणीहरू