धरानमा स्वतन्त्र उम्मेदवारको अग्रता, एमाले तेस्रो

धरानमा स्वतन्त्र उम्मेदवारको अग्रता, एमाले तेस्रो

वामपन्थीको किल्ला मानिने सुनसरीको धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारले सुरुवाती अग्रता बनाएका छन् ।

उपमहानगरको वडा नं. १ को १०० मत गन्दा स्वतन्त्र उम्मेदवार हर्क साङपाङले ३३ मतसहित अग्रता बनाएका हुन् । उनलाई पछ्याएका कांग्रेस-माओवादी गठबन्धनका किशोर राईले ३१ मत ल्याएका छन् ।

एमालेबाट मेयरको उम्मेदवार तथा निवर्तमान उपमेयर मञ्जु भण्डारीले केबल १६ मत ल्याएकी छन् ।

उपमेयर पदमा गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार आइन्द्रविक्रम बेघाले ३३ मत ल्याएका छन् । त्यसैगरी एमालेका पदम इस्बोले १८ मत ल्याएका छन्।

टिप्पणीहरू