काभ्रेपलाञ्चोकका अधिकांश पालिकामा एमाले पछाडि

काभ्रेपलाञ्चोकका अधिकांश पालिकामा एमाले पछाडि

काभ्रेपलाञ्चोक जिल्लाका अधिकांश पालिकामा एमाले उम्मेदवारहरु गठबन्धन र स्वतन्त्र उम्मेदवारभन्दा पछाडि देखिएका छन् । प्रारम्भिक परिणामअनुसार बनेपा वार्ड नम्बर २ बाट मेयर र उपमेयरका उम्मेदवारहरुमध्ये नेपाली काँगे्रसलाई बढी मत गएको छ । दोस्रो नम्बरमा एमाले उम्मेदवार देखिन्छन् ।

वडाध्यक्षमा पनि नेपाली काँग्रेसले अग्रता लिएको छ । उपमेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले अग्रता लिएका हुन् ।

उता मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर १ मा ३५० मत गन्दा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले १४५ मत र एमालेका उम्मेदवारले १३८ मत पाएका छन् ।

मेयरमा नेपाली काँग्रेसले १२८ र एमालेका उम्मेदवारले १४५ पाएका हुन् । त्यसैगरी वडाध्यक्षमा एमालेका उम्मेदवारले १३७ र नेपाली काँग्रेसले १०५ मत पाएका छन् । नेकपा एकीकृत समाजवादीका उम्मेदवारले ५४ मत ल्याएका छन् ।

टिप्पणीहरू