लमहीमा पनि काँग्रेस नै अगाडि

लमहीमा पनि काँग्रेस नै अगाडि

दाङको लमही नगरपालिकामा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । नगरको वडा नम्बर १, ५ र ९ को ३०३ मत गणना हुँदा कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार जोगराज चौधरीले ९३ मतसहित अग्रता बनाएका हुन् ।

त्यस्तै, मेयरमा नेकपा एमालेका दण्डिराम चौधरीले ८४ र नेकपा माओवादी केन्द्रका बसन्तराज शर्माले ७९ मत प्राप्त गरेका छन ।

उपप्रमुखमा नेपाली कांग्रेसका लक्ष्मी योगीले ९९, नेकपा एमालेका शुसिला शर्माले ७८ र नेकपा माओवादी केन्द्रका गंगा पाण्डेले ६६ मत प्राप्त गरेकी छिन् ।

लमही नगरपालिकामा यसअघि नेकपा एमालेका उम्मेदवारले जितेका थिए ।

टिप्पणीहरू