मलंगवाको वडाध्यक्षमा ११ मतान्तरले काँग्रेस विजयी

मलंगवाको वडाध्यक्षमा ११ मतान्तरले काँग्रेस विजयी

सर्लाही सदरमुकाम मलंगवा १ को वडाध्यक्षमा नेपाली काँग्रेसका नवलकिशोर यादव विजयी भएका छन् ।

यादवले जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राजकिशोर राय यादवलाई ११ मतको अन्तरले पराजित गरेका हुन् । उक्त वडामा नेपाली काँग्रेसका सबै उम्मेदवारले जितेका छन् ।

काँग्रेसका नवलकिशोरले ४२३ मत ल्याएका छन् भने जसपाका राजकिशोरले ४१२ मत पाएका छन् । उक्त वडाबाट मेयरमा काँग्रेसका उम्मेदवार नागेन्द्र रायले ४५५ मत पाएका छन् । जसपाका निरसल साहको ३६६ देखिएको छ ।

उपप्रमुखमा पनि काँग्रेसकै सकुन्तलादेवीले ४१८ मत ल्याएकी छन् । जसपाकी पानोदेवीले ३७३ मत ल्याएकी हुन् ।

टिप्पणीहरू