सुर्खेतको पञ्चपुरी-१ मा एमालेले जित्यो, पालिकामा काँग्रेस अगाडि

सुर्खेतको पञ्चपुरी-१ मा एमालेले जित्यो, पालिकामा काँग्रेस अगाडि

सुर्खेतको पञ्चपुरी नगरपालिका-१ मा एमालेले प्यानलै जितेको छ । वडाध्यक्षमा एमालेका उम्मेदवार कर्णबहादुर थापासहित प्यानल विजयी भएको हो ।

थापाले चार सय ७९ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बुँदे साउनले तीन सय ६३ मत ल्याए ।

यस्तै, माओवादी केन्द्रका नरबहादुर विकले ४२ र राप्रपाका देवबहादुर रानाले १४ मत ल्याएका छन् ।

तर, नगरपालिका मेयरमा भने काँग्रेसका लालबहादुर भण्डारी अगाडि छन् । जम्मा १४ सय मत गणना हुँदा भण्डारीले पाँच सय ५८ मतका साथ अग्रता लिएका हुन् ।

एमालेका धनबहादुर थापाले पाँच सय १५ मत पाएका छन् । उपप्रमुखमा पनि कांग्रेसकी मुक्तिदेवी रेग्मी पाँच सय ६० मत ल्याएर अगाडि छन् ।

टिप्पणीहरू