बालुवाटारमा तीन दलका अध्यक्षको भेटवार्ता

बालुवाटारमा तीन दलका अध्यक्षको भेटवार्ता

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।

उहाँहरुबीच अहिले बिहान १० बजेबाट भेटवार्ता भएको हो । स्थानीय तहको हिजोको मतदानपछि उहाँहरुबीच पहिलो पटक कुराकानी भएको हो ।

हिजोको मतदानको प्रारम्भिक परिणाम आउन थालेपछि भएको तीन दलका शीर्ष नेताहरुको छलफललाई अर्थपूर्ण ढंगले हेरिएको छ ।

टिप्पणीहरू