निर्वाचनमा खटिएका प्रहरी ३ महिना निलम्बित, कारण यस्तो थियो…

निर्वाचनमा खटिएका प्रहरी ३ महिना निलम्बित, कारण यस्तो थियो…

सुर्खेतमा निर्वाचनमा खटिएका एक जना प्रहरी तीन महिनाको निम्ति निलम्बनमा परेका छन् । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–७ धनबोटस्थित नेपाल राष्ट्रिय आवासीय विद्यालयको मतदान केन्द्रमा खटिएका ती प्रहरीले आखिर गरेका चाहिँ के थिए ?

नेपाल प्रहरीका वरिष्ठ सई नरेन्द्रप्रसाद भट्टले आचरण विपरितको कार्य गरेकाले प्रहरी हेडक्वार्टरले हिजो अबेर तीन महिना निलम्बन गरेको हो । सुरक्षामा खटिएका प्रहरी नै सबैको निम्ति असुरक्षित बनेपछि निलम्बन गरिएको बताइन्छ ।

आयोगले निर्वाचनमा खटिने प्रहरी र कर्मचारीलाई आकर्षक भत्ता रकम दिएको थियो । उनले त्यहि रकमको दुरुपयोग गर्दै मादक पदार्थ खाएर सबैमाथि हातपात गरेका हुन् । भट्टले टन्न मदिरा सेवन गरेर आफू खटिएको मतदान केन्द्रका मतदान अधिकृत निरज झा, सहायक मतदान अधिकृत राजेन्द्र धमाला, केही म्यादी प्रहरी र स्थानीयलाई बुधबार राति कुटपिट गरेका हुन् ।

भट्टले जथाभावी बोल्दै हातापात गर्न थालेपछि प्रहरी टोलीले तत्काल सुर्खेत प्रहरीलाई जानकारी गराएको थियो । त्यसपछि सबै विवरण खुलाएर हेडक्वार्टरमा रिपोर्ट बुझाउने बितिक्कै उनी हिजो साँझदेखि निलम्बनमा परेका हुन् ।

प्रहरी हेडक्वार्टरले प्रारम्भिक छानबिनबाट भट्टले संगठनको छबिमा आँच पुर्याउने कार्य गरेको पुष्टि भएको बताउँदै कारवाही गरेको हो ।

टिप्पणीहरू