माधव नेपालको गृह जिल्लामा मतपेटिका लुटियो

माधव नेपालको गृह जिल्लामा मतपेटिका लुटियो

रौतहटको यमुनामाई गाउँपालिका–२ को मतदानस्थलबाट मतपेटिका लुटिएको छ ।

चिकना जेठरहिया श्री मावि ‘क’ मतदान केन्द्रबाट मतपेटिका लुटेर स्थानीय ‘टाप’ कसेका हुन् । तीनवटा मतपेटिका लिएर उनीहरू फिल्मी शैलीमा खेतैखेत भागेका हुन् ।

स्थानीय पत्रकार अभिमन्यु पटेलले मतपेटिका लुटेर भाग्दै गरेको तस्बिर सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन् ।नेपाली काँग्रेस, नेकपा (एमाले) र जनता समाजवादीका कार्यकर्ताबीच ठाउँ–ठाउँमा झडप र भागदौड मच्चिएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

मतदानस्थल परिसरमा हो–हल्ला भएपछि आक्रोशित स्थानीयले मतपेटिका कब्जामा लिएर तोडफोड गरेका छन् । यमुनामाईको मतपेटिका लुटिएपछि मतदान कार्य स्थगित गरिएको छ ।

टिप्पणीहरू