इन्स्पेक्टरले गोली हान्दा उम्मेदवारको छोरा ठहरै

इन्स्पेक्टरले गोली हान्दा उम्मेदवारको छोरा ठहरै

उदयपुरको एउटा मतदान केन्द्रमा प्रहरी निरीक्षकले हानेको गोलीबाट एक जना मतदाता ठहरै भएका छन् । स्थानीय सोरुमछब्बिसेमा निर्वाचन सम्पन्न भइसकेको बेला निरीक्षकले गोली हानेपछि अवस्था तनावग्रस्त भएको छ ।

“मतदान सकिएपछि सबैलाई भाग भनेका प्रहरी इन्स्पेक्टरले पहिलो राउण्ड गोली घुँडामुनी र दोस्रो राउण्ड कम्मरमाथि हानेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।”

स्वतन्त्र उम्मेदवार गौरवबहादुर कटुवालको २१ वर्षे छोरो नवीनलाई गोली हानेर ठाउँको ठाउँ मारिएको हो । मतदान केन्द्रमा रहेका कर्मचारी र अन्य प्रहरीले इन्स्पेक्टर सन्की भएकाले नवीनको ज्यान गएको बताएका छन् ।

मतदान सकिएपछि सबैलाई भाग भनेका प्रहरी इन्स्पेक्टरले पहिलो राउण्ड गोली घुँडामुनी र दोस्रो राउण्ड कम्मरमाथि हानेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । गाेली प्रहारबाट १३ वर्षे बालक माेहन श्रेष्ठ घाइते भएका छन् ।

कटारीबाट २५ किलाेमिटर टाढाकाे उक्त स्थानमा गाेली प्रहारपछि कर्मचारी र सुरक्षाकर्मी स्थानीयकाे घेराबन्दीमा परेका छन् । उनीहरूकाे उद्धारकाे निम्ति थप सुरक्षाकर्मी त्यसतर्फ पठाउन लागिएकाे बताइएकाे छ ।

टिप्पणीहरू