अर्काको मतपत्र लिएर भोट हाल्ने पक्राउ,मतदान रोकियो

अर्काको मतपत्र लिएर भोट हाल्ने पक्राउ,मतदान रोकियो

नवलपरासीको (बर्दघाट सुस्ता पश्चिम) सुनवल नगरपालिका–११ को सार्वजनिक आधारभूत विद्यालयमा भएको मतदान कार्य रोकिएको छ ।

सोही नगरपालिका–१२ मा बस्ने २२ वर्षीया सबिना भण्डारीले २८ वर्षीया मीना अर्याल भण्डारीको मतपत्र बोकी मतदान गर्न जाने क्रममा जनप्रतिनिधिले पत्ता लगाएपछि विवाद उब्जिएको नगरका प्रमुख प्रशासकीय अधिकृत अशोक कोइरालाले बताए ।

जनप्रतिनिधिले उनलाई प्रहरीमा बुझाएपछि उनी नियन्त्रणमा छिन् । रोकिएको मतदान केही बेरमै सुचारु हुने अधिकृत कोइरालाले जानकारी दिए ।

टिप्पणीहरू