मतदानको दिन ७ जनामा संक्रमण पुष्टि

मतदानको दिन ७ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा मुलुकभर सात जना कोरोना संक्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार चार सय ३७ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा १६ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९८ दशमलव ८ प्रतिशत छ । अझै एक सय ६४ जना सक्रिय संक्रमित छन् ।

गत २४ घण्टामा काठमाडौं उपत्यकामा एक जना नयाँ संक्रमित फेला परेका छन् । ललितपुरमा चार र भक्तपुरमा नयाँ संक्रमित थपिएका छैनन् । काठमाडौंमा सक्रिय संक्रमितको संख्या ३९ जना पुगेको छ । भक्तपुरमा एक र ललितपुरमा १२ जना छन् ।

संक्रमणका कारण आज कसैले पनि ज्यान गुमाउन परेको छैन । हालसम्म कोरोनाका कारण ११ हजार नौ सय ५२ जनाकोे ज्यान गएको छ ।

टिप्पणीहरू