मोदी आउने ठाउँमा कति खस्यो मत ?

मोदी आउने ठाउँमा कति खस्यो मत ?

लुम्बिनी प्रदेशका १२ जिल्लामा धमाधम मतदान भइरहेको छ । केही छिटपुट घटनाबाहेक शान्तिपूर्ण तरिकाले मतदान भइरहेको मतदान अधिकृतहरुले जानकारी दिएका छन् ।

आज दिउँसो १ बजेसम्म नवलपरासीको एक सय २१ मतदानस्थल र दुई सय ८३ मतदान केन्द्रमा ८१ हजार तीन सय नौ जनाले मतदान गरेका छन् । हालसम्म त्यहाँ ३४ प्रतिशतले मतदान गरिसकेका छन् ।

त्यसैगरी,रुपन्देहीमा एक लाख ९९ हजार दुई सय पाँच मतदातामध्ये ३१ प्रतिशतले भोट हालिसकेका छन् । रुपन्देहीमा उक्त मतदान दुई सय आठ मतदानस्थल र सात सय मतदान केन्द्रमा भएको हो ।

कपिलवस्तुमा ३७ प्रतिशतले मतदान गरेका छन् । दुई सय ३५ मतदानस्थल र चार सय ६८ मतदान केन्द्रबाट एक लाख ३९ हजार दुई सय ९२ जनाले मत हालेका हुन् ।

दाङको एक सय ५३ मतदानस्थल र चार सय ६१ मतदान केन्द्रबाट एक लाख १० हजार तीन सय २१ जनाले मत खसालेका छन् । त्यहाँ कूल मतदाताको २६ प्रतिशतले भोट खसालिसकेको निर्वाचन कार्यालयले जनाएको छ ।

एक सय ३६ मतदानस्थल र तीन सय ७९ मतदान केन्द्र रहेको बाँकेमा ८५ हजार पाँचसय १६ जनाले मतदान गरिसकेका छन् । बाँकेमा कूल मतदातामध्ये २५ प्रतिशतले मतदान गरेका हुन् ।

बर्दियामा एकलाख १७ हजार तीन सय १८ जना अर्थात ३७ प्रतिशतले मतदान गरेका छन् । त्यहाँ एक सय ५३ मतदानस्थल र तीन सय ७१ मतदान केन्द्र पुगेर मतदाताहरुले मतदान गरेका हुन् ।

पाल्पाका ९० हजार छ सय १४ मतदाताले भोट हालेका छन् । एक सय १८ मतदानस्थल र दुईसय ४७ वटा मतदान केन्द्रबाट ४५ प्रतिशत मतदाताले भोट दिएका हुन् ।

उता, अर्घाखाँचीमा ६४ हजार तीन सय ७८ अर्थात ३९ प्रतिशत मत खसेको छ । ९६ मतदानस्थल र दुई सय दुई मतदान केन्द्रमा उक्त मत खसेको हो ।

गुल्मीमा ८४ हजार नौ सय ६१ मत खसिसकेको छ । कूल मतदातामध्ये ३७ प्रतिशतले मतदान गरेका हुन् । त्यहाँ एकसय ४२ मतदानस्थल र दुईसय ७९ मतदान केन्द्र तोकिएको छ ।

एकसय ५१ मतदानस्थल र दुई सय २० मतदान केन्द्र तोकिएको प्युठानमा ४३ प्रतिशत मत खसेको छ । त्यहाँ ६९ हजार ५६ जनाले मतदान गरिसकेको निर्वाचन कार्यालयले जनाएको हो ।

रोल्पामा ५८ हजार एकसय ३३ मतदाताले मतदान गरेका छन् । ८१ मतदानस्थल र एक सय ७३ मतदान केन्द्रबाट मतदान गरिएको हो । निर्वाचन कार्यालयका अनुसार रोल्पामा ३९ प्रतिशतले मतदान गरिसकेका छन् ।

रुकुम पूर्वमा ४१ प्रतिशत भोट झरिसकेको छ । कूल मतदातामध्ये १३ हजार आठसय २८ जनाले मतदान गरेका छन् । उक्त जिल्लामा ३५ मतदानस्थल र ४९ मतदान केन्द्र निर्धारण गरिएको थियो ।

टिप्पणीहरू