प्रधानमन्त्री डडेलधुरामा भोट हालेर भर्खर बालुवाटार फिर्ता

प्रधानमन्त्री डडेलधुरामा भोट हालेर भर्खर बालुवाटार फिर्ता

प्रधानमन्त्री शेरबहादुर देउवा स्थानीय तहको मतदानमा सहभागी भएर सरकारी निवास बालुवाटार छिर्नुभएको छ । उहाँ दिउँसो साढे १ बजे बालुवाटार आइपुग्नुभएको हो ।

उहाँ नेपाली सेनाको कासा एन ०६२ जहाजबाट काठमाडौं आउनुभएको हो । डडेल्धुराबाट धनगढी ओर्लिई त्यहाँबाट फर्केको प्रधानमन्त्रीसम्मिलित टोलीमा २३ जना सुरक्षाकर्मी छन् ।

उहाँले आज बिहान डडेलधुराको गन्यापधुरा गाउँपालिकास्थित असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ मा मतदान गर्नुभएको थियो ।

उहाँ आज बिहान कञ्चनपुरबाट सेनाको एमआई १७ हेलिकप्टरमा डडेलधुरा पुगी मतदानपश्चात धनगढी फर्केर सेनाको जहाजमा राजधानी फर्कनुभएको हो ।

टिप्पणीहरू