झापामा रहनुभएका केपीलाई सुदूरपश्चिमबाट प्रधानमन्त्रीको प्रश्न : ‘भोट हाल्नुभयो होला नि !’

झापामा रहनुभएका केपीलाई सुदूरपश्चिमबाट प्रधानमन्त्रीको प्रश्न : ‘भोट हाल्नुभयो होला नि !’

प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान लगत्तै सञ्चारकर्मीहरुसामु फर्केर सोध्नुभयो,‘केपीजीले पनि भोट हाल्नुभयो होला नि !’ डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ मा मतदान गरेपछि उहाँले उक्त प्रश्न गर्नुभएको हो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘चुनाव हुँदैन, गराउँदैन भन्थे, आज सबैतिर मतदान भइरहेको छ ।’

टिप्पणीहरू