१०६ वर्षकी वृद्धाबाट मतदान प्रारम्भ

१०६ वर्षकी वृद्धाबाट मतदान प्रारम्भ

सिन्धुलीको कमलामाई नगरपालिका १० स्थित श्रृजन प्राथमिक विद्यालय केन्द्रमा आज बिहानको पहिलो मतदान १०६ वर्षकी कुमारी सुनुवार्नीबाट गराइएको छ ।

वृद्धालाई मतदानमा प्रमुख मतदान अधिकृत दुर्गाप्रसाद घिमिरेले सहजीकरण गरेका हुन् । वि.सं. १९७२ कार्तिक १७ गतेको जन्म उल्लेख गरिएकी कुमारी घरबाट हिँडेरै मतदान केन्द्र आइपुगेको बताइएको छ ।

टिप्पणीहरू