लागुपदार्थको ओभरडोजले अमेरिकामा आपत

लागुपदार्थको ओभरडोजले अमेरिकामा आपत

अमेरिकामा लागूपदार्थ ओभरडोजको कारण मृत्यु हुनेको संख्याले सन् २०२१ मा नयाँ रेकर्ड कायम गरी १ लाख ८ हजार हाराहारीमा पुगेको छ । यो परिणाम आउनुमा फेन्टानाइलको संकट नै प्रमुख कारक रहेको अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम सेन्टरले बुधवार प्रकाशित गरेको प्रारम्भिक तथ्याङ्कमा जनाइएको छ।

लगभग १५ प्रतिशतको हाराहारीमा रहेको लागूपदार्थ ओभरडोजको कारण मृत्यु हुने संख्याको बृध्दिलाई सन् २०२० मा ३० प्रतिशतको तीब्र बृध्दिले पछ्याएको देखिन्छ। सन २०१८ बाहेक,सन् १९७० देखि प्रत्येक बर्ष लगातार लागूपदार्थको ओभरडोजबाट मृत्यु हुनेको संख्या बढेको छ।

यो मृत्युदरको कारण फेन्टानाइलको ओभरडोज प्रयोग हो,यो एकप्रकारको शक्तिवर्द्धक सिन्थेटिक ओपिओइड (synthetic opioids) हो, जुन प्राय: अन्य औषधिहरूमा मिसाइन्छ र मेथाम्फेटामाइन, कृत्रिम उत्तेजना फैल्याउने औषधीहरूमा समेत पाइन्छ। देशका स्वास्थ्य अधिकारीहरु,जो यसप्रकारका औषधिको उपभोगमा लडिरहेका छन्,भन्छन्,यी दुवै प्रकारका औषधीहरुको मिश्रण वा संयोजनको परिणामस्वरूप मृत्युदर बढेको हो ।

लागूपदार्थको ओभरडोजले बढाएको मृत्युदर,लामो समयअगाडि एड्स, कार दुर्घटना र बन्दुकबाट हुने मृत्युदरभन्दा धेरै बढेको देखिएको छ । कोविड-१९ को कारण गत वर्ष झन्डै एक चौथाइ अमेरिकीको ज्यान गएको थियो।

श्रोत: द न्यूयोर्क टाइम्स

टिप्पणीहरू