भर्खर जुँगाको रेखी बसेका गाँजा तस्करीमा सक्रिय

भर्खर जुँगाको रेखी बसेका गाँजा तस्करीमा सक्रिय

सर्लाहीमा गाँजासहित १९ वर्ष उमेरका किशोर पक्राउ परेका छन् । मलंगवा नगरपालिका ८, राजश्री सिनेमा हल नजिकैबाट गाँजासहित उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गाँजा तस्करीको आरोपमा स्थानीय १९ वर्षीय रुस्तमकुमार यादव पक्राउ परेका हुन् । उनको साथबाट प्लास्टिकमा पोको पारिएको १३ किलो ९ सय ग्राम गाँजा बरामद गरिएको छ ।

यादवलाई चेकजाँच गर्दा उनले बोकेको पोकोमा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले बताएको छ । उनलाई प्रहरी चौकी गोरखकालीबाट खटिएको टोलीले पक्राउ गरि आवश्यक अनुसन्धान अघि बढाएको छ ।

टिप्पणीहरू