मापसे गरेका प्रहरीबाट कुटिए मतदान अधिकृत

मापसे गरेका प्रहरीबाट कुटिए मतदान अधिकृत

निर्वाचन सुरक्षार्थ खटिएका एक प्रहरी अधिकारीले मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेका छन् । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका-७ धनबोटस्थित नेपाल राष्ट्रिय आवासीय विद्यालयको मतदान केन्द्रमा खटिएका नेपाल प्रहरीका वरिष्ठ सई नरेन्द्रप्रसाद भट्टले यस्तो हर्कत गरेका हुन् ।

उनीबाट मतदान अधिकृत निरज झा, सहायक मतदान अधिकृत राजेन्द्र धमलासहित म्यादी प्रहरी र गाउँले कुटिएका छन् ।

‘मदिरा सेवन गरेर शुरुमा मतदानस्थल नजिकैको गाउँमा गई गाउँलेलाई कुटपिट गरेछन्,’

मतदान अधिकृत झाले हिजो राति ११ देखि बिहान ६ बजेसम्म भट्टले आफूसहित सहायक मतदान अधिकृत,म्यादी प्रहरी र गाउँलेलाई कुटेको जानकारी दिए । ‘मदिरा सेवन गरेर शुरुमा मतदानस्थल नजिकैको गाउँमा गई गाउँलेलाई कुटपिट गरेछन्,’ झाले भने, ‘त्यहाँबाट प्रहरीले उध्दार गरेर हामी सुतिरहेको घरमा ल्याएपछि हामीमाथि नै कुटपिट भयो ।’

मतदान अधिकृत,म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गर्ने वरिष्ठ सई भट्टलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया शुरु गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

टिप्पणीहरू