झडप गराएको आरोपमा बागी उम्मेदवार समातिए

झडप गराएको आरोपमा बागी उम्मेदवार समातिए

बाराको जीतपुर–सिमरा उपमहानगरपालिकाका मेयर उम्मेदवार उमाकान्त कँडेल प्रहरी नियन्त्रणमा पुगेका छन् । झडप गराएको आरोपमा प्रहरीले स्वतन्त्र उम्मेदवार आवश्यक सोधपुछको निम्ति नियन्त्रणमा लिएको हो ।

माओवादी केन्द्र निकट उनी महिलाहरु बसिरहेको स्थानमा गएर गालीगलौजमा उत्रिएपछि झडप भएको थियो । यो घटना स्याउली चोकमा भएको हो ।

प्रहरीका अनुसार उमाकान्तको टोलीले गालीगलौज गरेपछि झडप हुँदा एमाले पक्षका श्याम न्यौपाने घाइते भएका छन् । घाइते न्यौपानेको अवस्था सामान्य छ ।

पक्राउ परेका उमाकान्तको बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । उनी बागी उम्मेदवार हुन् ।

टिप्पणीहरू