लागुऔषध मुद्दामा फसेका वकिलको लाइसेन्स खारेज

लागुऔषध मुद्दामा फसेका वकिलको लाइसेन्स खारेज

लागुऔषध मुद्दामा सजाय पाएका एक जना अधिवक्ताको कानुन व्यवसायीको इजाजत रद्द भएको छ । नेपाल कानुन व्यवसायी परिषद्की सचिव मोना सिंहले उक्त जानकारी गराएकी हुन् ।

सूचनामा परिषद्को अनुशासन समितिले कानुन व्यवसायीको प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको जनाइएको छ । गत वैशाख १६ गते बसेको परिषद् बैठकले काठमाडौं जिल्ला अदालत बार एकाइका सदस्य अधिवक्ता सूर्यबहादुर केसी (खत्री) को काननु व्यवसायीको प्रमाणपत्र रद्द गरेको हो ।

लागुऔषध मुद्दामा सजाय पाएका केसीको ८२५६ नम्बरको प्रमाणपत्र अब रद्द भएकोको हो ।

टिप्पणीहरू