मध्यरात छिमेकीको घर छिरेको भन्दै एमालेका नवप्रवेशी उम्मेदवारलाई बाधा

मध्यरात छिमेकीको घर छिरेको भन्दै एमालेका नवप्रवेशी उम्मेदवारलाई बाधा

वीरगञ्ज महानगरपालिकाको मेयर उम्मेदवार विजय सरावगीलाई स्थानीयको मत किन्न खोजेको गम्भीर आरोप लागेको छ । सरावगी स्थानीय काँग्रेसी नेताको घरमा मध्यरात छिरेपछि उक्त आरोप लागेको हो ।

सरावगी वीरगञ्जको नगवास्थित काँग्रेसका क्षेत्रीय प्रतिनिधि विजय चौरसियाको घरमा मध्यरात छिरेको बताइन्छ । उनी सोमवार राति ११ बजेतिर चौरसियाको घर पुगेका थिए ।

त्यसपछि उनलाई स्थानीयको मत किन्ने मनसायले चौरसियाको घरमा पुगेको भन्दै स्थानीय काँग्रेस कार्यकर्ताले करिव एक घण्टा विजयको घरमा घेरा हाले । घेरा हालेर नाराबाजी गर्न थालेपछि सरावगी त्यहाँबाट निस्केको बताइन्छ ।

टिप्पणीहरू