मुलुक भित्रिनेभन्दा बाहिरिने डलर धेरै, आर्थिक अवस्था नाजुकतर्फ उन्मुख

मुलुक भित्रिनेभन्दा बाहिरिने डलर धेरै, आर्थिक अवस्था नाजुकतर्फ उन्मुख

नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको मुलुकको पछिल्लो आर्थिक अवस्था निकै डरलाग्दो देखिएको छ । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा मुलुकको चालु खाता पाँच खर्ब १२ अर्ब ७१ करोड रुपैयाँले घाटामा गएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा उक्त खाता २ खर्ब १० अर्ब ५१ करोड रुपैयाँले मात्र घाटामा थियो । यो भनेको अर्थतन्त्रमा थप खराबको अवस्था देखा पर्दैछ भन्ने संकेत रहेको अर्थविद्हरु बताउँछन् ।

अर्थमन्त्री जनार्दन शर्माले भने यो महिनाको प्रारम्भमा मुलुकको आर्थिक अवस्था तन्दुरुस्त रहेको रेडिमेड जवाफ दिनुभएको थियो । अहिले मुलुकको केन्द्रीय बैंकले जारी गरेको पछिल्लो तथ्याङ्कले मन्त्रीको उक्त भनाइको खण्डन गरेको छ ।

यस्तै गत चैतसम्म शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब २६ करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४२ अर्ब ५४ करोडले बचतमा थियो ।  विदेशी मुद्रा सञ्चिति अघिल्लो वर्षको सोही अवधिमा ३४ करोड ८१ लाखले बचतमा थियो ।

मुलुकको विदेशी मुद्राको पछिल्लो सञ्चितिको अवस्थालाई हेर्दा मुश्किलले सात महिनाको वस्तु आयात र साढे ६ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्ने देखिएको छ । सामान्यतयाः सात महिनाभन्दा मुनिको अवधिलाई राम्रो मानिँदैन ।

टिप्पणीहरू