सीमाना नजिकै मोटरसाइकल चोर्ने प्रयास विफल

सीमाना नजिकै मोटरसाइकल चोर्ने प्रयास विफल

पर्सामा पार्किङ गरिएको मोटरसाइकल चोरेर भाग्दै गरेका एक युवक समातिएका छन् । मोटरसाइकलको लक तोडेपछि भाग्दै गरेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका ११ बस्ने २० वर्षीय आकाश गिरी हुन् । उनले बारा विश्रामपुर गाउँपालिका ५ बस्ने २९ वर्षीय लंकेश्वर गुप्ताको मोटरसाइकल चोरेको प्रहरीले बताएको छ । गुप्ताले महानगर ८ माईस्थान अगाडि ना. ३३ प ७१३८ नम्बरको मोटरसाइकल पार्किङ गरेर राखेका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको नियमित जाँच टोलीले गिरीलाई पक्राउ गरेको हो । उनीविरुद्ध चोरी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू