कुलमान घिसिङको नक्कली ट्वीटरमार्फत चुनावी प्रचार व्यापक

कुलमान घिसिङको नक्कली ट्वीटरमार्फत चुनावी प्रचार व्यापक

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तर्फबाट सामाजिक सञ्जालमा चुनावी प्रचार गरिएको छ । तर घिसिङले आफ्नो नक्कली ट्वीटर ह्यान्डलमार्फत स्थानीय तहको निर्वाचनको सन्दर्भमा गलत सूचनाहरु सम्प्रेषण भएको जानकारी गराउनुभएको छ ।

उहाँले आफ्नो नाम र तस्बिरको दुरुपयोग गरेर खोलिएको नक्कली ह्यान्डलबाट भएको चुनावी प्रचारप्रति ध्यानाकर्षण गराउनुभएको हो । उहाँले आफ्नो आधिकारिक ट्वीटर ह्यान्डल एउटा मात्र रहेको जानकारी गराउँदै नक्कली ह्यान्डलबाट प्रवाहित सूचनाहरुको भ्रममा नपर्न आग्रह गर्नुभएको छ ।

आज जारी विज्ञप्तिमा उहाँले आफूले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिताको पूर्णपालना गरेको स्पष्ट पार्नुभएको छ । साथै, एक जिम्मेवार पदाधिकारीलाई विवादमा ल्याउने यस्ता क्रियाकलाप नगर्न घिसिङले अनुरोध पनि गर्नुभएको छ ।

टिप्पणीहरू