नयाँ दिल्लीमा ओहोदाको प्रमाणपत्र बुझाइयो

नयाँ दिल्लीमा ओहोदाको प्रमाणपत्र बुझाइयो

भारतका लागि नवनियुक्त नेपाली राजदूत डा. शंकर शर्माले आज आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ । उहाँले भारतीय राजदूत रामनाथ कोभिन्दसमक्ष राष्ट्रपति भवनमा आयोजित विशेष कार्यक्रममा उक्त प्रमाणपत्र बुझाउनुभएको हो ।

शर्मा प्रधानमन्त्री शेरबहादुर देउवाले अघिल्लो महिना गर्नुभएको भारत भ्रमणको पूर्व सन्ध्यामा आफ्नो पदको जिम्मेवारी सम्हाल्न त्यसतर्फ जानुभएको थियो । यसअघि उहाँ अमेरिकाको लागि नेपाली राजदूत हुनुहुन्थ्यो ।

दुई दशकअघि नेपाली काँग्रेसको तर्फबाट राष्ट्रिय योजना आयोगको सदस्य हुनुभएका शर्मा तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएपछि आयोगको उपाध्यक्षमा नियुक्त हुनुभएको थियो । उहाँ उपाध्यक्ष हुँदा डा. युवराज खतिवडालाई राजाको प्रत्यक्ष शासनकालमा आयोगको सदस्य बनाइएको थियो ।

टिप्पणीहरू