सिरहामा माओवादी कार्यकर्ता रंगेहात पक्राउ

सिरहामा माओवादी कार्यकर्ता रंगेहात पक्राउ

सिरहामा मतदातालाई पैसा बाँड्दै गरेका नेकपा माओवादी केन्द्रका एक जना कार्यकर्ता समातिएका छन् । गोलबजार नगरपालिका–२, गुरूधामका नेकपा माओवादी केन्द्रका कार्यकर्ता ५५ वर्षीय प्रेम लामालाई पैसा बाँड्दै गरेको अवस्थामा स्थानीयले नियन्त्रणमा लिएका हुन् ।

उनले मतदाताको घरमै पुगेर नमूना मतपत्रमा पार्टीको चुनाव चिन्ह देखाउँदै प्रतिव्यक्ति दुई हजारदेखि पाँच हजार रुपैयाँसम्म बाँडेका थिए । उनको साथबाट मतपत्र र ५४ हजार रूपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । स्थानीयले उनलाई नियन्त्रणमा लिएर गोलबजार प्रहरीको जिम्मा लगाएका हुन् ।

लामालाई नमूना मतपत्र र रकमसहित स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् । आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजु केसीले जानकारी दिए ।

टिप्पणीहरू