काँग्रेसले भ्यानबाट बाँड्दै गरेको रक्सी बरामद

काँग्रेसले भ्यानबाट बाँड्दै गरेको रक्सी बरामद

कपिलवस्तु नगरपालिका–३ सानो बर्गदहवाबाट प्रहरीले मतदातालाई बाँड्दै गरेको रक्सी बरामद गरेको छ । काँग्रेसले मतदातालाई बाँड्दै गरेको अवस्थामा आज कपिलवस्तु प्रहरीले एक दर्जन कार्टुन रक्सी जफत गरेको हो ।

लु. १ ज २४१० नम्बरको भ्यानमा राखिएको रक्सी स्थानीयलाई बाँड्ने तयारी गरिरहेको बेलामा स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि बाँड्न ठिक्क पारिएको रक्सीसहितको भ्यान र काँग्रेसका कार्यकर्तालाई नियन्त्रणमा लिइएको हो ।

१२ कार्टुन (२६० बोतल) रक्सीसहित एक जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी जेसी शाहले जानकारी दिएका छन् । निवर्तमान वडा अध्यक्ष तथा क्रिकेट एसोसिएसन कपिलवस्तुका अध्यक्षसमेत रहेका वडा नम्बर ३ का काँग्रेस उम्मेदवार प्रकाश गैरेमाथि रक्सी बाँड्न लगाएको आरोप लागेको छ ।

टिप्पणीहरू