भारतीय नागरिकको बोराभरी गाँजा

भारतीय नागरिकको बोराभरी गाँजा

प्रहरीले बारामा गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्रेको छ । जितपुर सिमरा उपमहानगरपालिक २१ बाट करिब १५ किलो गाँजासहित उनीहरुलाई आज प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतीय नागरिक २४ वर्षीय सुरज पाण्डेसहित तीन जना हुन् । हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको ना.२ ह १३६४ नम्बरको अटोरिक्सामा उनीहरुले गाँजा लुकाएर ल्याएको प्रहरीले बताएको छ ।

प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरीले उनीहरुको साथबाट दुई वटा बोरामा लुकाई ल्याएको उक्त गाँजा बरामद गरेको हो ।

टिप्पणीहरू