मध्यपूर्वका किसानहरु के फलाउँदै छन् ? (फोटो फिचर)

मध्यपूर्वका किसानहरु के फलाउँदै छन् ? (फोटो फिचर)

युध्दबाट हाल शान्त अवस्थामा रहेको सिरियाका किसानहरुलाई भ्याईनभ्याई छ किनकि यो उनीहरुको लागि सिमी,बोडी र मुख्यतया बकुल्ला (broad beans) जस्ता तरकारीहरु टिप्ने सिजन हो । बकुल्ला (broad beans) लाई उनीहरु फाभा वा फाबा बिन्स पनि भन्दछन् । यो सिरियालगायत अन्य मध्य पूर्वी देशहरूमा पनि धेरैजस्तो लोकप्रिय परिकारहरुमा मिसाइने गरिन्छ।

मध्यपूर्वको अर्को राष्ट्र प्यालेस्टाइन र ईजिप्टका किसानहरु भने गहुँ काट्ने र बाली थन्क्याउने काममा ब्यस्त छन् । जारी रूस-युक्रेन द्वन्द्वले गहुँ आपूर्तिको सम्भावित विश्वव्यापी अभावको बारेमा गम्भीर चिन्ताहरू खडा गरेको छ । त्यसैले पनि, यो वर्ष कति अन्न संकलित गर्न सकिन्छ भनेर सुनिश्चित गर्न यी राष्ट्रका किसानहरु व्यस्त देखिन्छन् ।

यता इजिप्टमा खेतीको लागि यस वर्ष पानीको चरम अभाव झेलेरै भएपनि कूल २ लाख २० हजार फेद्दन (इजिप्टमा प्रयोग गरिने जमिनको क्षेत्रको इकाई, जस्तै १ फेद्दन बराबर १.०३८ एकड) जमिनमा गहुँ खेती गरिएको छ भने ५.६ टन गहुँ संकलन गर्न मिल्ने भण्डारणहरु तयार पारिएका छन् किनकि इजिप्ट विश्वको सबैभन्दा ठूलो गहुँ आयातकर्ता हो भने ८० प्रतिशत गहुँ रूस र युक्रेनबाट मात्र आयात हुने गर्दछ।

श्रोत: सिन्ह्वा

टिप्पणीहरू