धनगढी जाँदाजाँदै बाटैमा इन्जिन फेल

धनगढी जाँदाजाँदै बाटैमा इन्जिन फेल

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण गराइएको छ ।

८७ जना यात्रु बोकेर आज धनगढीका लागि उडेको विमानको एक इन्जिन फेल भएपछि काठमाडौं फर्काएर आकस्मिक अवतरण गराइएको हो ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार १२:०८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओरालिएको जहाजका सबै यात्रु सुरक्षित छन् ।

सुरक्षित अवतरण गरिएको जहाजको प्राविधिक जाँच गरिने उनको भनाइ छ । उक्त विमानलाई आकस्मिक अवतरण गर्न लागिएपछि अन्य विमान आकाशमै होल्डमा राखिएको थियो ।

टिप्पणीहरू