कमरेडको रिसमा आमामाथि कुटपिट

कमरेडको रिसमा आमामाथि कुटपिट

नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले गए राति रोल्पाको सुनछहरीमा एमाले उम्मेदवारकी आमालाई निर्घात कुटपिट गरेका छन् ।

सुनछहरी गाउँपालिका–५ जैमाकसलामा एमालेबाट वडाध्यक्षका उम्मेदवार तिर्खबहादुर विष्टकी आमा ६७ वर्षीया सत्मा बुढाथोकीमाथि निर्घात कुटपिट भएको हो ।

माओवादीबाट वडाध्यक्ष उम्मेदवार देवीलाल रोकामगरको निर्देशनमा तानसरी विष्ट र श्याम बिष्ट कुटपिटमा सँलग्न रहेकोे बताइन्छ ।

चुनावको प्रचारप्रसारका क्रममा छिमेकमै आएका बेला राति बाहिर बोलाएर एक्कासी कुटपिट गरेको पीडितको भनाई छ।

पीडित परिवारले इलाका प्रहरी कार्यालय सुलिचौरमा उजुरी दिएका छन् ।

ज्यान मार्ने उद्योगअन्तर्गत उजुरी दिन खोजेपनि प्रहरीले सामान्य उजुरी मात्र दिन भनेपछि सामान्य कुटपिटको उजुरी दिएको पीडितले बताए ।

घटनालगत्तै चुनावमा खटिएका सुरक्षाकर्मीहरुलाई खबर गरिएपनि उनीहरुले खासै चासो नदिएको पनि पीडितहरुको गुनासो छ । पीडितको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचार भइरहेको छ।

टिप्पणीहरू