सिर्जना,केशव,बालेनको क्याम्पेन,रामवीरको असन्तुष्टी र केपी ओलीको दौड « Jana Aastha News Online
Logo
१५ जेष्ठ २०७९, आईतवार
|  Sun May 29 2022
Logo
१५ जेष्ठ २०७९, आईतवार
|  Sun May 29 2022

सिर्जना,केशव,बालेनको क्याम्पेन,रामवीरको असन्तुष्टी र केपी ओलीको दौड

प्रकाशित मिति :  २८ बैशाख २०७९, बुधबार १२:००


काठमाडौंको भृकुटीमण्डपमा हिजो अपरान्ह एमालेले अन्तिम चुनावीसभा गर्यो । सभामा प्रमुख वक्ता पार्टी अध्यक्ष केपी शर्मा ओली हुनुहुन्थ्यो । तर, सँधै भीड देखिने ओलीको आमसभामा हिजो सहभागीहरुको संख्या नसोचेको संख्यामा पातलिएको पाइयो । अस्ति जावलाखेलको कार्यक्रममा पनि सोचेजति उपस्थिति देखिएन ।

जावलाखेल, ललितमण्डप अगाडिको खुलाचौरमा ललितपुर महानगर निर्वाचन परिचालन समितिका संयोजक प्रेम महर्जन, केपी ओली,रघुजी पन्त र मेयर उम्मेदवार हरिकृष्ण व्यञ्जनकारसहित ४ सयको संख्यामा सहभागी देखिएका थिए । तीन घण्टासम्म चलेको कार्यक्रममा थोरै मानिसको उपस्थितिले एमाले नेतृत्वलाई के भएको भनेर सोच्न बाध्य बनाएको बताइन्छ । या यो सामाजिक सन्जालमा भरे सबै हेर्न पाइहालिन्छ,किन आफै जानुपर्यो र भन्ने मनोबिज्ञानको खेल हो-बुझ्न नसकिएको उम्मेदवार हरि ब्यन्जनकारले बताए ।

राजधानीका पछिल्ला कार्यक्रममा एमाले समर्थकको घट्दो सहभागितालाई ओलीले बोल्ने कुरा उही हो भन्ने हिसाबले अनुमान गर्न थालिएको हो ।

“अघिल्लो हप्ताको र्यालीमा साहका समर्थकले होटल र्याडिसनमा खाना खाएका थिए । प्रहरीले उनको समर्थनमा उत्रेका कतिपय युुवा कपन बमबिस्फोटलगायत विभिन्न काण्डमा मुछिएका अभियुक्तसमेत देखिएको भन्दै नोटिस गरेको छ ।”

यता काठमाडौं महानगरको १६ नम्बर वार्ड,बालाजु निवासी तथा पहिलेका वडाध्यक्ष र अहिलेका सांसद एवम् पूर्व शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर खुलेरै मेयर उम्मेदवार केशव स्थापित र उपमेयर उम्मेदवार सुनिता डंगोलको विपक्षमा देखिएका छन् ।

यसबीच उनले काँग्रेस नेता प्रकाशमान सिंह र गठबन्धनका मेयर उम्मेदवार सिर्जना सिंहलाई दुई पटक भेटेका छन् । रामवीरले काठमाडौंका मेयर विद्यासुन्दर शाक्य र कीर्तिपुरका मेयर रमेश महर्जनलाई किन उपेक्षा गरियो भनेर पार्टी नेतृत्वलाई प्रश्न गर्दै आएका छन् ।

उपमेयरमा उठाइएकी सुनिता डंगोल र मेयरका उम्मेदवार केशव स्थापितमाथि गम्भीर राजनीतिक प्रश्नसमेत तेर्साएका छन् । स्थापितलाई राजनीतिक विचलन भएको र डंगोललाई सस्तो सेलिब्रेटीको संज्ञा दिने पनि उनै हुन् ।

अघिल्लो निर्वाचनमा एमालेले राप्रपालाई उपमेयरमा (राजाराम श्रेष्ठ) उठाएर जाँदा श्रेष्ठको मत २४ हजार आएको थियो । त्यतिबेला तराजु चिन्ह लिएर उठेकी रञ्जु दर्शनाले पनि २० हजार कटाएकी थिइन् । रञ्जुहरुको छुट्टै खालको माइतीघरमा मुध्दाकेन्द्रित अभियानलाई नयाँ पुस्ताले राम्रै साथ दिएको पनि हो । अहिलेका बालेन साहभन्दा रञ्जुहरु निकै संगठित थिए ।

बालेन साह अर्थात् र्यापरले मुश्किलले १४ देखि १५ हजार भोट ल्याउने आकलन गरिएको छ । तर,उनले जित्ने अवस्था नरहेको बिश्लेषकहरु बताउँछन् । स्वतन्त्र टिप्पणीकारहरु काठमाडौंमा एमालेले बढीमा ७० हजार, काँग्रेसले ६० हजार, साहले करिव २० हजार, राप्रपाले पाँच हजार भोट ल्याउने सम्भावना देखाउँछन् । यसमा माओवादी,जसपा र समाजवादीको मत जोडिएको छैन ।

“स्थापित नेवार समुदायको गुठीमा पसेर भोट माग्ने कार्यमा व्यस्त देखिए भने सिर्जना सिंह घरदैलोमा केन्द्रित रहिन् । काठमाडौंका ३२ वटा वडामा नेवारहरुको झण्डै २६ वटा ठूला गुठी छन् । “

बालेनका समर्थकहरु अधिकांश काठमाडौं बाहिरका भोटर्स वा काठमाडौंका नन भोटर्स हुन् । उनीसँग कुद्ने मानिस महानगर बाहिरका मतदाता रहेको सर्वेक्षणले देखाएको छ । कतिपय समर्थक गैरराजनीतिकसमेत पाइएका छन् ।

उनले गर्ने खर्चको बारेमा पनि प्रश्न उठ्न थालेको बताइन्छ । अधिकांश युवाको मोटरसाइकलमा फुुल ट्याङ्की तेल र दिउँसो राम्रै लञ्चको व्यवस्था गरिएकाले खर्चको स्रोतको बारेमा कतिपयले आशंका गरेका हुन् । अघिल्लो हप्ता भएको र्यालीमा साहका समर्थकले होटल र्याडिसनमा खाना खाएका थिए । प्रहरीले उनको समर्थनमा उत्रेका कतिपय युुवा कपन बमकाण्डलगायत विभिन्न काण्डमा मुछिएका अभियुक्तसमेत देखिएको भन्दै नोटिस गरेको छ । उनको जुलुसमा कतिपय राजावादी पनि पुग्ने गरेका छन् ।

केशव स्थापित र सिर्जना सिंहले हिजोसम्म भोट माग्ने रणनीति फरक अपनाएका थिए । स्थापित नेवार समुदायको गुठीमा पसेर भोट माग्ने कार्यमा व्यस्त देखिए भने सिर्जना सिंह घरदैलोमा केन्द्रित रहिन् । काठमाडौंका ३२ वटा वडामा नेवारहरुको झण्डै २६ वटा ठूला गुठी छन् । ती सबैमा स्थापितले टीका र सगुनसहित राम्रै स्वागत पाएपछि गुठीका चाडपर्व केन्द्रित भोजभतेर सञ्चालनमा सहज हुनेगरी महानगरपालिकाले ‘राम्रो खर्च व्यवस्था गरिदिने’ आश्वासन दिएकाले नेवार समुदाय स्थापिततर्फ आकर्षित भएको एमाले स्रोतको दाबी छ ।

सिर्जना गोरखाकी नेवार भएकीले गुठीमा त्यसको प्रभाव नपरेको बताइन्छ । काठमाडौंको सबैभन्दा धेरै मतदाता भएका १६ र २६ नम्बर वडामा जसले प्रभाव पार्यो त्यसैले जित्ने अवस्था बनेकाले प्रकाशमान सिंहले १६ नम्बर वडाका रामवीरलाई च्याप्न कोशिस गरेको बुझ्न कुनै गाह्रो छैन । उक्त वडामा काठमाडौंका कूल मानन्धरमध्ये झण्डै आधाको बसोबास रहेको बताइन्छ । साथै काठमाडौंको ७ नम्बर क्षेत्रमा मात्रै कूल मानन्धरको दुई तिहाई रहेको अनुमान छ ।


प्रतिक्रिया दिनुहोस !