इक्वेडरका जेलमा हरेक वर्ष सयौं कैदी मारिन्छन् किन ? (भिडियोसहित)

इक्वेडरका जेलमा हरेक वर्ष सयौं कैदी मारिन्छन् किन ? (भिडियोसहित)

दक्षिण अमेरिकी राष्ट्र इक्वेडरको उत्तर–मध्य पिचिन्चा प्रान्तको एउटा जेलमा भएको दंगामा कम्तीमा ४३ जना कैदीको मृत्यु भएको छ । अन्य कैयौं घाइते भएको जेल प्रशासनले जनाएको हो ।

स्वतन्त्रताबाट वञ्चित व्यक्तिहरूको लागि राष्ट्रिय व्यापक हेरचाह सेवा (क्ल्ब्क्ष्) नामक संस्थाका अनुसार स्थानीय समय बिहान २ बजे कारागारको निकै सुरक्षित मानिएको शाखामा एक आपराधिक समूहका नेतालाई अदालतको आदेशमा त्यहाँ स्थानान्तरण गरेपछि दंगा सुरु भएको थियो ।

राष्ट्रिय प्रहरी बलले जेलको पूर्ण नियन्त्रण गर्न सके पनि धेरै जनधनको क्षतिलाइ रोक्न नसकेको हो । नियन्त्रणमा लिइसकेपछि मारिएका कैदीहरुका आफन्तलाई सहयोग गर्न सरकारको मानवअधिकार सचिवालयबाट एक विशेष टोलीलाई अपराध एकाइ फरेन्सिक केन्द्रमा पठाइएको थियो । यसक्रममा जेलबाट भागेका एक सय १२ जना कैदीलाई पुनः समातिएको थियो ।

प्रहरीले खोजतलास गर्ने क्रममा उनीहरुबाट हातहतियारसमेत फेला पारेको जनाइएको छ । फेला पारिएका हतियारमा चार थान राइफल शैलीका बन्दुक, तीन थान पेस्तोल, एउटा रिभल्भर, चार वटा ग्रेनेड र १८ सय थान २.२३ क्यालिबर कारतूससहितको हतियार रहेको जनाइएको छ ।

खोजबिनकै क्रममा जेल पूर्वाधारको केही भागहरु विस्फोटले ध्वस्त भएको पाइएको हो । त्यसपछि दंगा क्रमशः देशभरका अन्य कारागारमा पनि नफैलियोस् भन्ने उद्देश्यले सुररक्षाका धेरै उपायहरू अवलम्बन गरिएको थियो ।

इक्वेडरको कारागार प्रणाली अहिले निकै अप्ठेरोमा परेको छ । लागूऔषध तस्करी÷कारोबारी र कैदीहरुबीचको झडप कारागारमा दिनहुँ बढ्दो छ । उनीहरु आफू रहेको कारागारलाई आफ्नो नियन्त्रणमा राख्न चाहने भएकाले पनि यस्तो भएको हो ।

सन् २०२१ मा इक्वेडरका जेलभित्र भएका झडप र दंगामा तीन सयभन्दा बढी कैदीहरु मारिएका थिए । अहिले पनि त्यो क्रम घट्दो छैन ।

स्रोतः सिन्ह्वा, एएफपी र अन्य एजेन्सीहरु ।

टिप्पणीहरू