राजधानीमै रक्सीले टिल्ल भएका राप्रपा उम्मेदवारको टाउको फुटाइयो

राजधानीमै रक्सीले टिल्ल भएका राप्रपा उम्मेदवारको टाउको फुटाइयो

कीर्तिपुर नगरपालिका वडा नम्बर–३, का अध्यक्ष पदका उम्मेदवार राम महर्जनलाई अज्ञात व्यक्तिले आक्रमण गरेको छ । उनीमाथि गएराति २ बजेको समयमा आक्रमण भएको कीर्तिपुर प्रहरीका डीसपी पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

उम्मेदवार महर्जनले गएराति २ बजे आफूमाथि अज्ञात व्यक्तिहरुले आक्रमण गरेको भन्दै प्रहरीलाई खबर गरेका थिए । लगत्तै कीर्तिपुरबाट खटिएको प्रहरी टोली त्यहाँ पुगेको बताइन्छ ।

त्यसबेला महर्जनले मदिरा सेवन गरेकाले आफू भोलि बिहान निवेदन दिन आउँछु भनेको प्रहरीको भनाइ छ । तर घाइते प्रहरीसमक्ष निवेदन दिन नआएपछि प्रहरीले आक्रमणमा संलग्न व्यक्तिहरुको खोजी कार्य नगरेको डीसपी पाण्डेले बताए ।

घाइतेको टाउकोमा सामान्य चोट लागेको र उपचारपछि घरमै आराम गरिरहेको कीर्तिपुर प्रहरीले जनाएको छ ।

टिप्पणीहरू