हिजोभन्दा आज दोब्बर संक्रमित, १७ जना निको

हिजोभन्दा आज दोब्बर संक्रमित, १७ जना निको

पछिल्लो २४ घण्टामा देशभर १३ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार छ सय ३४ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा १७ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९८ दशमलव ८ प्रतिशत छ । अझै एक सय ८५ जना सक्रिय संक्रमित छन् ।

गत २४ घण्टामा काठमाडौं उपत्यकामा पाँच जना नयाँ संक्रमित फेला परेका छन् । ललितपुरमा एक र भक्तपुरमा नयाँ संक्रमित थपिएका छैनन् । काठमाडौंमा सक्रिय संक्रमितको संख्या ४२ जना रहेको छ । भक्तपुरमा चार र ललितपुरमा १२ जना छन् ।

आज पनि संक्रमणका कारण कसैले ज्यान गुमाउनु परेको छैन । हालसम्म कोरोनाका कारण ११ हजार नौ सय ५२ जनाकोे ज्यान गएको छ ।

हिजो जम्मा सात जनामा कोरोना संक्रमण भएको थियो ।

टिप्पणीहरू