आइतबारे बिदा राजपत्रमा छापियो

आइतबारे बिदा राजपत्रमा छापियो

सरकारले सातामा दुई दिन बिदा दिने निर्णय राजपत्रमा प्रकाशित गरेको छ । नेपाल सरकारले परीक्षणस्वरुप आगामी जेठ १ गतेदेखि दिन लागेको बिदा हिजोको राजपत्रमा छापिएको हो ।

इन्धन खपतलाई घटाउन सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । त्यसैगरी, सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बढाएर बिहान साढे ९ बजेदेखि बेलुका साढे ५ बजेसम्म निर्धारण गरिएको छ ।दशैं र तिहारबाहेक अन्य बिदा लगातार दुई दिनभन्दा धेरै परेमा अत्यावश्यक सेवा प्रवाहको व्यवस्था मिलाउन पनि गृहले भनेको छ । सार्वजनिक बिदाको दिनमा सेवा प्रदान गर्ने कर्मचारीलाई सट्टा बिदा दिने गरी सम्बन्धित निकायले कर्मचारी व्यवस्थापन गर्नसमेत भनिएको छ ।

टिप्पणीहरू