गुण तिर्दै हैरान

गुण तिर्दै हैरान

प्रधानमन्त्री शेरबहादुर देउवालाई यतिबेला जति दुःख छ, त्यो शायदै अरु कसैलाई होला । चुनावको बेला यति दुःख होला भन्ने थाहा पाएको भए शायद उहाँ न प्रधानमन्त्री बन्नुहुन्थ्यो, न पार्टी सभापति नै !

त्यतिबेला आफूलाई ज–जसले प्रधानमन्त्री बन्न सघाएको हो र ज–जसले सभापति बन्न सघाएको हो, ती सबैको गुण तिर्दा तिर्दा उहाँ तन्नम हुनुहोलाजस्तो भइसकेको छ ।

प्रधानमन्त्री बन्न उहाँलाई कमरेड प्रचण्डले भरपूर सघाउनुभएको थियो । अहिले चुनावमा उहाँकी छोरीलाई जिताउने दायित्व उहाँले बोक्नुपर्ने भएको छ । त्यस्तै पार्टीको सभापति बन्न प्रकाशमान सिंहले सघाउनुभएको थियो ।

अहिले चुनावमा उहाँकी श्रीमतीलाई जिताउने दायित्व पनि उहाँले नै बोक्नुपर्ने भएको छ । एउटाकी श्रीमतीलाई जिताइदिनुपर्ने, अर्कोकी छोरीलाई जिताइदिनुपर्ने । गुण त तिर्नुपरिहाल्यो । प्रधानमन्त्री हुन पाउनुको गुण छोरीलाई, सभापति हुन पाउनुको गुण श्रीमतीलाई ।

यो त भयो देखिने गरी तिरेको गुण । नदेखिने गरी तिरिरहेको गुण अझ कति होला ? त्यसको लेखाजोखाचाहिँ अलि पछि मात्रै आउला कि ?

टिप्पणीहरू