मोटरसाइकलमा २० किलो अफिम

मोटरसाइकलमा २० किलो अफिम

प्रहरीले धादिङबाट अफिमसहित दुई जनालाई पक्रेको छ । गजुरी गाउँपालिका ६ मिलनटारबाट करिब २० किलो अफिमसहित उनीहरुलाई आज प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा गजुरी गाउँपालिका ८ बस्ने ३० वर्षीय केशव तामाङ र सोही ठाउँ बस्ने २६ वर्षीय थलबहादुर तामाङ हुन् ।

उनीहरु दुवै जना किरानचोकबाट बा.८५ प ३७७० नम्बरको मोटरसाइकलमा आदमघाटतर्फ आँउदै थिए । सोही क्रममा प्रहरी कार्यालय गजुरीबाट खटिएको टोलीले मोटरसाइकल चालक केशव र पछाडि सवार थललाई पक्राउ गरेको हो ।

टिप्पणीहरू