काँग्रेसविरुद्ध काँग्रेसले गर्यो उजुरी

काँग्रेसविरुद्ध काँग्रेसले गर्यो उजुरी

आज निर्वाचन आयोगमा नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध उजुरी दर्ता भएको छ । कान्तिपथस्थित बहादुर भवन पुगेर प्रधानमन्त्रीलगायत शीर्ष नेताहरुविरुद्ध उजुरी हालिएको हो ।

प्रधानमन्त्री देउवा र उहाँकी धर्मपत्नी तथा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगले तोकेको निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन गरेको भन्दै नेपाली काँग्रेस (वी.पी.) पार्टीका अध्यक्ष सुशिलमान शेरचनले उजुरी हालेका हुन् ।

शेरचनलगायत उक्त पार्टीका आधा दर्जन नेता तथा कार्यकर्ता मध्यान्ह १२ बजे आयोग पुगेका हुन् ।

टिप्पणीहरू