७ दिनपछि महिलाको लाश फेला,माओवादीले आतंक मच्चाएको आरोप

७ दिनपछि महिलाको लाश फेला,माओवादीले आतंक मच्चाएको आरोप

रुकुुमको पुथा उत्तरगंगा गाउँपालिकामा हराएको एक सातापछि एउटी महिलाको शव आज फेला परेको छ । वैशाख १९ गते उक्त गाउँपालिकाको वडा नम्बर ११ मा नेपाली काँग्रेस र एमालेले गरेको तालमेलविरुध्द माओवादी जाइलागेको बताइन्छ ।

सोहि दिन माओवादी केन्द्रका कार्यकर्ताले काँग्रेस र एमालेका कार्यकर्तामाथि आक्रमण गरेका थिए । आक्रमणलगत्तै एक जना महिला हराएको खबर भुईंमा पोखिएको मट्टितेलझैं फैलियो । आज २९ वर्षकी इशु बुढाको लाश भेटिएको हो ।

“माओवादी केन्द्रका स्थानीय नेताहरुले बुढालाई मानसिक असन्तुलन गुमाएकी महिला भनी हराएको विषयलाई हलुका ढंगले टिकाटिप्पणी गरेको बताइन्छ । नभन्दै आज सोही ११ नम्बर वडाको झण्डै चार घण्टाको दूरीमा रहेको जंगलमा लाश फेला परेको हो ।”

यसबीच ४ वटै सुरक्षा निकायका मझौला हाकिमहरु जिल्लाको अवस्था बुझ्न हेलिकप्टरबाट त्यता गएका थिए । खेलाची नगरौं,अप्रिय घटना भएको हुनसक्छ भनेर तिनले खवरदारी गर्दागर्दै माओवादी केन्द्रका स्थानीय नेताहरुले बुढालाई मानसिक असन्तुलन गुमाएकी महिला भनी हराएको विषयलाई हलुका ढंगले टिकाटिप्पणी गरेको बताइन्छ । नभन्दै आज सोही ११ नम्बर वडाको झण्डै चार घण्टाको दूरीमा रहेको जंगलमा लाश फेला परेको हो ।

आज पनि जिल्लाका तीन ठाउँमा झडप भएको छ । माओवादी एकातिर उभिएको छ भने अर्कोतर्फ काँग्रेस र एमाले छन् । परिस्थितिलाई स्थानीयले भयावह भन्न थालेका छन् ।

पूर्वी रुकुमको जस्तै रोल्पा, प्युठान र रुकुमको अवस्था पनि त्राहिमाम हुँदै गएको बताइन्छ । माओवादीको डर,त्रासले गर्दा सर्वसाधारण दिउँसै डराउन थालेको काँग्रेसीहरुको भनाइ छ ।

आज लाश फेला परेपछि सदरमुकामका एक जना एमाले कार्यकर्ताले भने, ‘माओवादी सुध्रिएन । कुकुरको पुच्छर ढुंग्रोमा हालेझैँ भएको छ । माओवादीले कहिल्यै आफूलाई सच्याउने प्रयास गरेन । अब साफ हुने लाइनमा गयो । काँग्रेसको बुई चढेर स्थानीय तह जित्न खोजेको हो । संघीय चुनावमा राम्रो मत ल्याउन सक्दैन ।’

उता काँग्रेसीहरुले पनि सँधै जनतालाई भ्रम छर्ने कार्यले सफलता हात नपर्ने बताएका छन् । ‘ठूला नेताहरुले अप्ठेरो परेपछि ठूलो दुर्घटना हुँदैछ भन्दै तर्साएकोलाई अब जनताले पत्याउन छाडेका छन् ।’

टिप्पणीहरू