४ जना पूर्वप्रधानन्यायाधीश र ११ जना पूर्वन्यायाधीश सम्मानित

४ जना पूर्वप्रधानन्यायाधीश र ११ जना पूर्वन्यायाधीश सम्मानित

सर्वोच्च अदालतले आज चार जना पूर्वप्रधानन्यायाधीश र ११ जना पूर्वन्यायाधीशहरुलाई सम्मान गरेको छ । अदालतले कानुन दिवसको अवसरमा उहाँहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुनुभएक पूर्वप्रधानन्यायाधीशहरुमा हरिप्रसाद शर्मा, दिलिपकुमार पौडेल, मिनबहादुर रायमाझी र अनुपराज शर्मा हुनुहुन्छ ।

त्यसैगरी पूर्वन्यायाधीशहरुमध्ये कृष्णजंग रायमाझी, अरविन्दनाथ आचार्य, उदयराज उपाध्याय, राजेन्द्रराज नाख्वा, टोपबहादुर सिंह, ज्ञाइन्द्रबहादुर श्रेष्ठ, पवनकुमार ओझा, शारदा श्रेष्ठ, हरिजंग सिजापती, बद्रिकुमार बस्नेत र राजेन्द्रकुमार भण्डारीलाई पनि सम्मान गरिएको थियो ।
तर, आजको कार्यक्रममा पूर्वप्रधानन्यायाधीशहरु रायमाझी र शर्मा अनुपस्थित हुनुभएको बताइएको छ ।

टिप्पणीहरू