फिलिपिन्सको चुनाव (भिडियोसहित)

फिलिपिन्सको चुनाव (भिडियोसहित)

नेपालमा स्थानीय तहको चुनावको माहौल तातिरहेको अवस्था छ भने उता फिलिपिन्समा नयाँ राष्ट्रपति र सरकारका सबै तहका करिब १८ हजार प्रतिनिधि चयन गर्ने क्रममा आज मतदान भएको छ ।

देशभर कुल ३७ हजार दुई सय ११ मतदान केन्द्र स्थापना गरिएको छ । स्थानीय समय अनुसार बिहान ६ बजेदेखि बेलुकी ७ बजेसम्मको लागि मतदानको समय तोकिएको थियो ।

आजको राष्ट्रपतीय निर्वाचनमा विजयी हुनेले ११ करोड जनताका विभिन्न समस्या समाधान र अपेक्षा पूराको निम्ति संघर्ष गर्नुपर्नेछ । पछिल्लो कोरोना महामारीका कारण बढ्दो बेरोजगारी तथा दशकौं लामो विद्रोह अन्त्य प्रमुख चुनौती देखिएको छ ।

सरकारले निर्वाचनमा शान्ति सुरक्षा कायम गर्न ४५ हजार सैनिक र ६० हजार प्रहरी खटाएको छ । कुनै क्षेत्रमा हिंसा भड्किएमा तत्काल परिचालन गर्न १२ हजार प्रहरी बललाई तयारी अवस्थामा राखिएको छ ।

निर्वाचन आयोगले सशस्त्र समूह र तीब्र राजनीतिक प्रतिस्पर्धाका कारण चुनावी हिंसा निम्त्याउन सक्ने भएकाले एक सय चार वटा नगरपालिका र १४ वटा सहरलाई ‘हट स्पट’ को रूपमा समेत वर्गिकरण गरेको छ ।

स्रोतः सिन्ह्वा

टिप्पणीहरू